वडासचिवको कारण सेवाग्राहीलाई मर्का

0

प्रस, पर्सागढी, १७ मङ्सिर/
पर्सागढी नगरपालिका–४ का वडासचिव हजारीप्रसाद यादव कार्यालयमा नबस्दा सेवाग्राहीलाई समस्या भएको छ। वडाबाट दिइने विभिन्न सेवा लिन आउने सेवाग्राही सचिव यादवको अनुपस्थितिले रित्तै फर्कने गरेका छन्। वडाध्यक्ष समसुद्दीन शाह देवानले सचिव यादव विनासूचना अनुपस्थित रहने गरेको बताए। उनले यस सम्बन्धमा सचिव यादवलाई बारम्बार चेतावनी दिएको तर सुधार नभएको बताए। सचिव यादवले  नियमित हाजिरी पनि गर्ने गरेका छैनन्। एकैपटक आउने र हाजिरी गर्ने गरेको गुनासो छ।
कार्यालयनजीक सचिव यादवले लिजमा पोखरी सञ्चालन गरेको कारण सोही पोखरीमा बढी समय दिने गरेको स्थानीय बताउँछन्। दिनभरि पोखरीको काम गर्ने र पोखरीको काम नभए घरमा बस्ने तथा एकैपटक कार्यालयमा गएर हाजिरी गर्ने गरेको पाइएको छ।
वडा कार्यालयमा उनले हाजिरी किताब राखेका छैनन्। घरमैं राखेका छन् र सबै काम घरबाटै गर्ने गरेको सेवाग्राही बताउँछन्। वडा कार्यालयमा गएपछि सचिव नभेटिने, घरमैं गएर सेवा लिनुपर्ने एकजना सेवाग्राहीले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here