माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

0

प्रस, जनकपुरधाम, १७ मङ्सिर/
माहुरीको टोकाइबाट सप्तरीमा एकजना महिलाको ज्यान गएको छ।  रूपनी गाउँपालिका–१ रुपनी बजार निवासी राजेश यादवकी पत्नी २४ वर्षीया रमिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।  
आफ्नो घरदेखि करीब ५ सय मिटर टाढा खेतबाट फर्कंदै गरेकी रमिलालाई मङ्गलवार दिउँसो माहुरीले टोकेको थियो। उनको मुख, घाँटी र छातीमा अकस्मात्  माहुरीको गोला खनिएर टोकेको थियो। माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मङ्गलवार राति उनको मृत्यु भएको हो। मृतक महिला ६ महीनाकी गर्भवती रहेको उनको परिवारजनले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here