प्रस, सेढवा, १७ मङ्सिर/
जीराभवानी गाउँपालिका–१ शान्तिनगरका किसानहरू राजमाखेतीतर्फ आकर्षित भएका छन्। हिउँदे बालीमा कम लागतमा बढी मुनाफा हुने गरेको कारण किसानहरू राजमाखेतीमा आकर्षित भएका हुन्।
स्थानीय किसान लक्ष्मीमहतो थारूले राजमाखेतीबाट खर्च काटेर प्रतिकट्ठा १० हजार आम्दानी हुने गरेको बताए। राजमाखेती गर्दा शुरूमा एकपटक मल दिनुपर्ने, एकपटक सिंचाइ गर्नुपर्नेबाहेक काम नभएकोले कम खर्च र परिश्रममा उत्पादन हुने राजमाखेतीतर्फ त्यहाँका किसानहरू आकर्षित भएको महतोले बताए। कात्तिकको पहिलो सातामा हुने राजमाखेती माघको अन्तिम सातामा भिœयाइन्छ।
अहिले वडा नं १ को शान्तिनगरमा १५ बिघाभन्दा बढी क्षेत्रफलमा राजमा रोपिएको छ। राजमाखेती गर्ने अर्का किसान रविमोहन सापकोटाले भने बजारीकरणमा समस्या भएको बताए। उनले सजिलो गरी उत्पादन हुने राजमाको बिक्रीमा भने अप्ठेरो पर्ने गरेको बताए। वीरगंजमा राजमा बिक्री गर्नुपर्ने र थोक विक्रेताकहाँ धाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ। सापकोटाले राजमाको हाइब्रिड बीउको सहज उपलब्धता नभएकोले शान्तिनगरबाहेक अन्यत्रका किसानहरू यो खेतीमा आकर्षित हुन नसकेको बताए। उनले स्थानीय पालिकाले गुणस्तरीय बीउको सहज उपलब्धता र बजारीकरणमा सहयोग गर्ने हो भने थुप्रै किसान राजमाखेतीतर्फ आकर्षित हुन सक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here