नदीजन्य पदार्थको कर अमानतमा उठाउँदै

0

प्रस, निजगढ, १६ मङ्सिर/
निजगढ नगरपालिकाले दुई दिनयतादेखि नदीजन्य पदार्थको उत्खनन र निकासी कर अमानतमा उठाउन शुरू गरेको छ। ठेकेदार सुदीपा ट्रेडिङ कम्पनी प्रालि काठमाडौंले २८ लाख ९४ हजार २६२ घन फिट परिमाणको नदीजन्य पदार्थ निकासी गरिसकेको जनाउँदै नगरपालिकाले बाँकी स्टक मौज्जाद ९४ हजार ६०९.५० घन फिटको अमानतमा निकासी कर उठाउन शुरू गरेको छ।
ठेकेदार कम्पनी सुदीपाले उक्त परिमाणका लागि रु २ करोड ६१ लाखमा ठेक्का सकार गरेको थियो। यसरी निजगढ नगरपालिकाले दैनिक अमानतमा कर उठाउन थालेपछि दैनिक न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म कर उठ्न थालेको निजगढ नपा स्रोतले जनाएको छ।
यसअघि निनपाले सवारी पटके कर पनि असोजदेखि अमानतमा उठाउँदै आइरहेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here