प्रस, रौतहट, १६ मङ्सिर/
सङ्घ र प्रदेश सरकारले देशभर एकसाथ ३९६ वटा अस्पताल सोमवार शिलान्यास गरेका थिए। रौतहटको गरुडा नगरपालिका अन्तर्गत शिवनगर स्वास्थ्य चौकीमा १० शøयाको आधारभूत अस्पतालको शिलान्यास गरिएको छ।
नगरप्रमुख इन्नुराय यादवले अस्पतालको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारीहरू सहभागी थिए।