प्रस, वीरगंज, १६ मङ्सिर/
नेपाल–भारत खुला सीमा समाज समूहले नेपाल–भारत सीमा खुला गर्न माग गर्दै वीरगंज भन्सार कार्यालयअगाडि मङ्गलवार पाँचौं दिन पनि एक घण्टा धर्ना दिएको छ।
भारतले कोरोना सङ्क्रमणको कारण बन्द गरेको सीमा कात्तिक ६ गतेदेखि सञ्चालनमा ल्याए पनि नेपालतर्फ भने अहिलेसम्म सञ्चालन नहुँदा सीमा क्ष्Fेत्रका मानिसहरूलाई आवतजावतका साथै मङ्सिर महीनामा वैवाहिक कार्यक्रम गर्दा निकै समस्या भोग्नुपरेको भन्दै सीमा खुला गर्न समूहले धर्ना दिंदै आएको हो।
आजको धर्ना कार्यक्रममा समूहका केन्द्रीय अध्यक्ष्F राजु झा, जिल्ला संयोजक कृष्ण पटेल, प्रदेशसभा सदस्य करीमा बेगम, जसपाका नेताहरू शिव पटेल, रम्भा मिश्र, मुन्नी श्रीवास्तवलगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here