एकल महिलालाई साडी वितरण

0
159

प्रस, वीरगंज, ४ मङ्सिर/
बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीटोलमा १६५ जना एकल महिलालाई साडी वितरण भएको छ। वडाध्यक्ष रामेश्वरप्रसाद कलवारले छठपूजाको अवसरमा वडाका १६५ जना एकल महिलालाई साडी वितरण गरेका हुन्।
छठपूजामा अन्य महिलासरह एकल महिलाहरूलाई पनि पर्व मनाउन वडापालिकाको तर्फबाट साडी वितरण गरिएको वडाध्यक्ष कलवारले बताए। एकल महिलाहरूले वडापालिकाले चाडपर्वमा एकल महिलालाई लक्षित गरेर साडी वितरण गरेकोमा खुशी व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here