घरेलु मदिराभट्टी नष्ट

0
178

प्रस, रौतहट, १८ कात्तिक/
    रौतहट प्रहरीले गढीमाई नगरपालिका–४ पर्साटोलमा दुईवटा अवैध घरेलु मदिराभट्टी नष्ट गरेको छ।
    स्थानीय उपेन्द्र चौधरी र आमोद चौधरीले खपडाको घरमा अवैध घरेलु मदिराभट्टी सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले छापा मारी नष्ट गरेको छ। मदिरा उत्पादन गर्ने मेशिन दुई थान, प्लास्टिकको ड्रम २ थान, ग्यास सिलिन्डर २ थान, चुलो १ थान, सिल्भरको डेक्ची ३ थान, टीनको ड्रम  १ थान, तयारी मदिरा ५० लिटर, मदिरा उत्पादनमा प्रयोग हुने मिठा ५० किलो र कच्चा मदिरा ३ हजार लिटर बरामद भएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको जिप्रका, रौतहटले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here