बहुअरीद्वारा शीतलपुर क्रिकेट क्लब पराजित

0
230

प्रस, पर्सागढी, १८ कात्तिक/
    पर्सागढी नगरपालिका–४ नेरामावि बर्वाछोटैलीको खेल मैदानमा मङ्गलवार भएको नकआउट क्रिकेट प्रतियोगितामा बहुअरी क्रिकेट टीमले शीतलपुर क्रिकेट टीमलाई १० रनअन्तरले पराजित गरेको छ।
    टस जित्दै ब्याटिङ रोजेको बहुअरी क्रिकेट टीमले १० विकेट गुमाइ ६८ रन बनाएको थियो। प्रतिउत्तरमा शीतलपुर क्रिकेट टीमले १० विकेट गुमाउँदै ५८ रनमा सीमित भयो। आजको खेलको म्याद अफ दि म्याच बहुअरी क्रिकेट टीमका सहाबुद्दीन अन्सारी घोषित भए। अन्सारीलाई वडासदस्य रामप्रसाद पाठकले सम्मानित गरेको आयोजक बर्वाछोटैली क्लबका सचिव राजेश चौरसियाले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here