जगदम्बा स्टीलमा विस्फोट, ४ जना घाइते

0

प्रस, वीरगंज, १३ मङ्सिर/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टील प्रालिको फलाम गलाउने भट्टीमा शनिवार बिहान विष्फोट हँुदा चारजना कामदार घाइते भएका छन्।

घाइते हुनेहरूमा भारतीय नागरिक २६ वर्षीय नैमुद्दीन आलम, ४८ वर्षीय जनकदेव यादव, सर्लाहीका विकिन्द्र यादव र मुकेश साह घाइते भएको बताइएको छ। घाइतेहरूमध्ये विकिन्द्र यादवको अवस्था गम्भीर छ। घाइतेहरूको उपचार नेशनल मेडिकल कलेज वीरगंज, तराई अस्पताल सिमरा र वीरगंज हेल्थकेयरमा भइरहेको छ। फलाम गलाउने भट्टीमा आज बिहान १ बजे विष्फोट भएको थियो। रातीको समय भएकोले थोरै कामदार खटेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here