बालिका बलात्कार गर्ने बालकलाई ६ महीना कैद

0

प्रस, सप्तरी, १३ मङ्सिर/
साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई सप्तरी जिल्ला अदालतले ६ महीना कैद सजायको फैसला गरेको छ।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रवार अबेर सो निर्णय गरेको अदालतले जनाएको छ। खेल्ने क्रममा २०७६ भदौ ६ गते आरोपित बालकले साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। पीडितकी आमाले थाहा पाएपछि इलाका प्रहरी कार्यालय कडरबोनामा उजूरी दिएकी थिइन्।
प्रहरीले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजूरी दर्ता गरेएको थियो। जिल्ला अदालतको इजलासले आरोपित बालकलाई पुर्पक्षका लागि २०७६ भदौ १९ गते बालसुधार गृह वीरगंज पठाउने आदेश दिएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here