नाका खोल्न माग गर्दै दोस्रो दिन पनि धर्ना

0

प्रस, वीरगंज, १३ मङ्सिर/
वीरगंज नाका खुलाउन शनिवार पनि सचेत नागरिक समाजले भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दियो। हिजोदेखि वीरगंज–रक्सौल नाका खुला गर्न माग राख्दै समाजले बिहान ९ देखि १० बजेसम्म एक घण्टा अनिश्चितकालीन धर्ना शुरू गरेको समाजका संयोजक कृष्ण पटेलले बताए।
भारतले आफ्नो नाका खुला गरेको डेढ महीना बितिसक्दा पनि नेपालले भने आफ्नोतर्फको नाका नखोल्दा वैवाहिक कार्यक्रमहरू प्रभावित भएका छन्। दुवैतर्फको बन्द व्यापार पनि प्रभावित भएको र सामाजिक, सांस्कृतिक कार्यक्रमहरू पनि यो अवधिमा निकै प्रभावित भएको भन्दै नाका खोल्न माग गरिएको जनता समाजवादी पार्टीका नेता शिव पटेलले बताए।
उनले नेपालले पनि आफ्नोतर्फको नाका यथाशीघ्र खोल्नुपर्ने बताए। सीमा खुला गरौं, लकडाउन अवधिमा सबै नागरिकलाई सरकारले १० हजार रुपैयाँ भत्ता दिनुपर्ने जस्ता नारा आज धर्नामा बसेकाहरूले लगाएका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here