जैविक विविधताबारे अन्तक्रिया

0

प्रस, ठोरी, १३ मङ्सिर/
ठोरी गाउँपालिका–४, विशाल चोकमा शनिवार जैविक विविधता संरक्षणमा समुदायको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ। तराई भूपरिधि कार्यक्रमको आर्थिक सहयोग तथा कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सहभागी वक्ताहरूले जैविक विविधता संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताए।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष वईबहादुर पाख्रिनले जैविक विविधता मानवजीवनसँग जोडिएको महत्वपूर्ण पक्ष भएकोले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए। उनले संरक्षण समयसापेक्ष हुनुपर्ने र वन पैदावार संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा कुसुमावाटिका मध्यवर्ती उपभोक्ता समितिका सदस्य खगेन्द्र श्रेष्ठले जैविक विविधता संरक्षणले पर्यटन विकासमा टेवा पु–याउने भएकोले संरक्षण अपरिहार्य भएको बताए। कार्यक्रममा चोरी शिकारी नियन्त्रण जागरण अभियानका धनबहादुर तामाङ, शिक्षक चन्द्र श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कुसुमावाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टङ्कप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा ठोरी गापा कार्यपालिका सदस्य कान्छीमाया पाख्रिन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सहभागी थिए। कार्यक्रमको सहजीकरण समितिका सचिव बुद्धलाल पाख्रिनले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here