भोजपुरी उपन्यास ‘रहस्य के गेठरी’को विमोचन

130

प्रस, परवानीपुर, १३ मङ्सिर/
भोजपुरी भाषाको उपन्यास ‘रहस्य के गेठरी’को शनिवार विमोचन गरिएको छ। रेडियो वीरगंज परिसरमा उपन्यासकार गोपाल अश्कले उक्त कृतिको विमोचन गरेका थिए। ग्रामीण जनजीवनलाई सामान्य कथावस्तुले समेटिएको सो उपन्यास भोजपुरी साहित्य पारखीहरूको मन छुने अश्कले बताए। पुस्तकको मूल्य रु १५० राखिएको र पहिलो संस्करणमा १ हजार प्रति प्रकाशन भएको लेखक छोटेलालप्रसाद साहले जानकारी गराए। पूर्व निजामती कर्मचारी साहको अहिले साहित्यमा संलग्नता बढेको छ। यसअघि उनका दुईवटा कृति प्रकाशित भइसकेका छन्। निजामती सेवामा रहँदै उनी २०३६ सालदेखि साहित्य विधामा लागेका हुन्।
विमोचन कार्यक्रममा डा विश्वम्भर शर्मा, भोजपुरी एकेडेमी कलैयाका संस्थापक रामप्रसाद साह, लेखक प्रमोदकुमार पाण्डे, अजमत अलि, ऋतुराज, विनोद तिमिल्सिना, डा बिकाउ गिरीलगायतको सहभागिता थियो।
उपन्यासको छपाइ वीरगंजस्थित प्रतीक प्रकाशन समूह प्रालिमा भएको लेखक साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्