प्रस, वीरगंज, १२ मङ्सिर/
जनदबाबपछि रौतहटको गौर नाका खुलेपछि देशका प्रमुख नाका खोल्नका लागि दबाब शुरू भएको छ।
लकडाउनअघिदेखि बन्द नेपाल–भारत सीमा अहिले खुला गर्नुपर्ने मागसहित जनता समाजवादी पार्टी पर्साले भन्सार कार्यालयअगाडि आजदेखि धर्ना दिन शुरू गरेको छ।
जसपा पर्साका संयोजक रामनरेश यादवको नेतृत्वमा सचिव तबरेज अहमद, केन्द्रीय सदस्य रम्भा मिश्र, मुन्नी श्रीवास्तव, कृष्णा यादवलगायत धर्नामा सहभागी छन्।
दैनिक एक घण्टा धर्ना कार्यक्रम शुरू गरिएको र नाका नखुलेसम्म सो कार्य जारी रहने जसपाका सचिव अहमदले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here