प्रस, बिरुवागुठी, १० मङ्सिर/
पर्सागढी नगरपालिका–१ मनवामा आज आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ।
स्थानीय महेश खवास र नन्दलाल खवासको फुसको घरमा आगलागी भएको हो। घरअगाडि रहेको खरमा आगलागी भएको र सोबाट आगो फैलिएर दुईवटा फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घरमा रहेको अन्न, लत्ताकपडा जलेर नष्ट भएको मनवा प्रहरी चौकीका इन्चार्ज शिवशङ्कर प्रसादले बताए। आगलागी नियन्त्रणमा लिन प्रहरी, स्थानीयवासी र जीतपुरसिमरा उपमहानगरपालिकाको वारुणयन्त्र परिचालित भएको थियो। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।