आमोदेवीमा कात्तिक पूर्णिमा मेला नलाग्ने

0

प्रस, पर्सागढी, १० मङ्सिर/
पर्सागढी नगरपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल आमोदेवी मन्दिरमा यसपटक कात्तिक पूर्णिमाको मेला नलाग्ने भएको छ।
वडाध्यक्ष उद्धवबहादुर उप्रेतीले सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर पूजापाठ गर्न आग्रह गरे पनि मेला आयोजनामा रोक लगाइएको छ। उनले कोरोनाको कारण परम्परागतरूपमा कात्तिक पूर्णिमाको चतुर्दशीमा लाग्ने मेला यसपालि नलाग्ने बताए। उनले व्यापारीहरूलाई सो दिन कुनै पनि किसिमको पसल सञ्चालन नगर्न सूचित गरेका छन्।
यसैगरी, स्थानीयलाई पनि मेला नलगाउन वडाध्यक्ष उप्रेतीले आग्रह गरेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here