कक्षा १२ को परीक्षा शुरू

0

प्रस, सेढवा, ९ मङ्सिर/
मङ्गलवारदेखि कक्षा १२ को परीक्षा शुरू भएको छ। विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको कक्षा १२ को परीक्षा होम सेन्टरमैं स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शुरू भएको छ। १ घण्टा ३० मिनेटको समयावधिमा ४० अङ्कको परीक्षा भएको हो। आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो।
लकडाउनपछि बन्द यहाँका सामुदायिक विद्यालयहरू आजदेखि कक्षा १२ को परीक्षाका लागि खुलेका छन्। प्रत्येक विषयको १०० अङ्कको परीक्षामा कक्षा ११ को ४० अङ्कको मूल्याङ्कन गरिने तथा २० अङ्कका लागि विद्यालयले आन्तरिक मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको छ।
सखुवाप्रसौनी गाउँपालिका–२ स्थित दीपनारायण आदर्श नमूना माध्यमिक विद्यालयमा आज भएको परीक्षामा १९५ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक शिवनाथप्रसाद थारूले बताए। जीराभवानी गापास्थित नेरामावि सेढवा बिर्तामा वाणिज्य सङ्कायका पाँचजना विद्यार्थीले परीक्षा दिए भने बितो महतो जनता मावि जीतपुर नौकाटोलामा शिक्षा सङ्कायका ६६ जना विद्यार्थी परीक्षामा सहभागी भएको विद्यालय प्रशासनले जानकारी गराएको छ।
त्यस्तै, पटेर्वासुगौली गापास्थित नेरामावि दाप सुगौलीमा वाणिज्य र शिक्षा सङ्कायका ३७ जना परीक्षार्थी सहभागी थिए। सोही गापाको नेरामावि रङ्गपुरमा ३७ जना र नेरामावि निचुटामा २१ जना वाणिज्य तथा शिक्षा सङ्कायका परीक्षार्थी सहभागी भएको शिक्षा संयोजक शम्भुप्रसाद साहले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here