छठपछि विद्यालय खुले, विद्यार्थी सङ्ख्या पातलियो

0

प्रस, वीरगंज, ८ मङ्सिर/
छठ सकिएसँगै वीरगंज महानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन हुन थालेका छन्।
छठअघिदेखि नै कक्षा ८ देखि १० सम्म विद्यालय सञ्चालनको अनुमति भएपनि धेरैजसो विद्यालय छठपछि सञ्चालनमा आएका हुन्। संस्थागत विद्यालयहरू भने छठअगाडिदेखि सञ्चालनमा आएका थिए।
प्याब्सन पर्साका अध्यक्ष्F डा हरिशङ्कर साहले आइतवारदेखि संस्थागत विद्यालयहरू सञ्चालनमा आउन शुरू गरेको बताए। उनले एकाध दिनमा सबै विद्यालय सञ्चालनमा आउने बताए।
विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीहरूको सङ्ख्या पातलिएको छ। कोरोना सङ्क्रमणको कारण कक्षा ८ देखि १० सम्मको विद्यार्थी सङ्ख्यामा ३५ प्रतिशतले कमी आएको प्याब्सन पर्साका अध्यक्ष साहले बताए। अहिले केही संस्थागत विद्यालय सञ्चालनमा आउन सकेका छैनन्। कोरोना सङ्क्रमणको विषयलाई लिएर अभिभावक र विद्यालयबीच सहमति हुन नसक्दा केही संस्थागत विद्यालय सञ्चालनमा आउन नसकेका हुन्। संस्थागत विद्यालयहरूले कोरोना सङ्क्रमित भएपछि विद्यालय जिम्मेवार नहुने र सोको उपचार अभिभावकबाटै गरिनुपर्ने करारनामा गराउँदै अFएकाले सो विषयलाई लिएर अभिभावक र विद्यालयबीच सहमति हुन नसकेको हो।
विद्यालय सञ्चालकहरूले विद्यार्थीहरू घरमा बस्ने, साथीसङ्गतमा रहने हुनाले उनीहरू सङ्क्रमित भएपछि विद्यालयले जिम्मेवारी लिन नसक्ने भन्दै करारनामा गराइरहेका हुन्। केही अभिभावकले विद्यार्थी सङ्क्रमित भएपछि विवाद गर्न सक्ने सम्भावना भएको कारण यसो गरिएको प्याब्सन पर्साका अध्यक्ष्F डा साहले बताए।
शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका पठाएको र सोही अनुरूप पठनपाठनको व्यवस्था गराउने जिम्मा स्थानीय तहलाई दिएको छ। यस सम्बन्धमा वीरगंज महानगर शिक्षा महाशाखाले मङ्गलवार निर्देशिका सम्बन्धमा संस्थागत तथा सामुदायिक विद्यालयहरूको भेला डाकेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here