१७ जना सङ्क्रमित थपिए

0

प्रस, वीरगंज, ८ मङ्सिर/
पर्सा, बारा र रौतहटका १७ जना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पताल वीरगंजमा ९६ जनाको स्वाब परीक्षण गरिएकोमा १७ जना सङ्क्रमित थपिएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।
थपिएका सङ्क्रमितमा पर्साका ५ जना महिला र ७ जना पुरुष गरी १२ जना, बाराका १ जना महिला र ३ जना पुरुष गरी ४ जना र रौतहटका एकजना छन्।
सङ्क्रमित हुनेमा १५ देखि ७० वर्ष उमेरका छन् भने उनीहरूको सिटी भ्यालु १९ देखि ३४ रहेको प्रवक्ता डा चौरसियाले जानकारी दिए।
पर्सामा वीरगंज महानगरपालिकाका विभिन्न वडाका ११ जना र बहुदरमाई नगरपालिकाका एकजना सङ्क्रमित छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here