दुई वर्षदेखि फरार ज्वाइँ खोज्न सार्कीको माग

0

प्रस, वीरगंज, १२ मङ्सिर/
वीरगंज महानगरपालिका–३२ सोलखपुरका मङ्गल सार्कीले आफ्नो छोरीलाई अलपत्र पारेर निजका पति फरार रहेको आरोप लगाएका छन्।
प्रतीक दैनिकको कार्यालयमा आज मङ्गल सार्की आएर छोरीलाई निजका पतिले एकजना बालकसहित अलपत्र अवस्थामा छाडेर गएको र सोधखोज नगरेको बताए। उनले आफ्नो आर्थिक अवस्था पनि कमजोर भएकोले छोरी र नातिलाई पाल्नसमेत अप्ठेरो भएको बताए। उनले दुई वर्षदेखि ज्वाइँ सम्पर्कविहीन भएको बताए। १० वर्षअघि  जीतपुरसिमरा उपमहानगर–१४ डुमरवाना मङ्गलापुरका विमल सार्कीसँग छोरी कल्पनाको मागी बिहे गरेको र दुई वर्षदेखि ज्वाइँले छोरी, नातिलाई जिम्मा लगाएर गएको र अहिलेसम्म नआएको बताए। उनले दुई वर्षदेखि ज्वाइँ आउने प्रतीक्षामा आफू कुरेर बसेको र यसबीच प्रहरीमा उजूरी गरेको बताए।
आफू दैनिक ज्यालादारी गर्दै आएकोले छोरी, नातिलाई पाल्न समस्या भएको मङ्गल सार्कीको भनाइ छ। ज्वाइँ विमल सार्कीको घरमा कोही पनि नभएकाले प्रहरीले पनि यसबारे सोधखोज गर्न छाडेको उनले बताए। सार्कीले ज्वाइँले अर्कै केटी लिएर बसेको सूचना पाएको बताएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here