प्रस, पंचगावाँ, ८ मङ्सिर/
५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। विन्ध्यवासिनी गाउँपालिका–४ अमरपट्टि बस्ने २६ वर्षीय युवकले सोही ठाउँ निवासी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
मङ्सिर ३ गते युवकले बालिकालाई ललाइफकाइ बलात्कार गरेको र सो सम्बन्धमा उजूरी परेपछि प्रहरी चौकी अमरपट्टि र इप्रका पोखरियाको टोलीले युवकलाई पक्राउ गरी कसूर अनुसार कारबाई शुरू गरेको बताएको छ।
बालिकालाई नुहाउने क्रममा निजकी आमाले शरीरमा नीलडाम देखेर सोधपूछ गर्दा घटना उजागर भएको हो। बालिकाकी आमाले बलात्कार गर्ने युवकले कसैलाई नभन्न छोरीलाई धम्क्याएकोले त्रसित भएको बताएकी छन्।
घटनालाई गाउँघरमा मिलाउन स्थानीय नेताले प्रयास गरेका थिए तर पीडित पक्षले नमानेपछि घटना सार्वजनिक भएको स्थानीयले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here