ट्याक्टरले चेपिएर साहको मृत्यु

85

प्रस, पोखरिया, ८ मङ्सिर/
पर्साको धोबिनी गाउँपालिका–४ बखरी टोलमा ट्याक्टर पल्टिंदा गएराति एकजनाको घटनास्थलमैं मृत्यु भएको छ।
इलाका प्रहरी कार्यलय, लङ्गडीका अनुसार प्रदेश २–३०० ना.१ त १८४३ नम्बरको ट्याक्टर पल्टिंदा बखरी निवासी ५० वर्षीय जमुना साह कानूको मृत्यु भएको थियो।
खेत जोत्न भाडामा लिएको ट्याक्टर गएराति १० बजे सिकटा नदीमा पल्टिंदा साह चेपिएका थिए।
ट्याक्टरमा चेपिएका साहलाई चालकले छोडेर भागेको परिवारजनको आरोप छ। चालकले साहको ज्यान बचाउन सक्ने भएपनि कसैलाई खबर नगरी बेपत्ता भएको परिवारजनको आरोप छ। मृतक साहको शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्