प्रस, वीरगंज, ४ मङ्सिर/
केही दिन अघि चोरी भएको मोटरसाइकलमध्ये तीनवटा प्रहरीले नारायणी बयोधा अस्पतालको पार्किङ स्थलबाट बरामद गरी सवारीधनीलाई बुझाएको छ।
वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक दीपक साहका अनुसार नारायणी बयोधा अस्पतालको भित्री भागमा रहेको पार्किङस्थलमा तीनवटा मोटरसाइकल बेवारिसे अवस्थामा बरामद भएको गराए। आज बिहान सूचनाको आधारमा प्रहरी सो स्थानमा पुगेर ना.२९ प १४१७ नंको पल्सर मोटरसाइकल, ना.५२ प २७६४ नम्बरको अपाचे तथा ना.४ प ४९७१ नम्बरको हिरोहोन्डा मोटर साइकल बरामद भएको प्रहरी निरीक्षक साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here