मुलुक समृद्ध पार्न सबैको योगदान जरूरी –मन्त्री सोनल

0

प्रस, परवानीपुर, ३ मङ्सिर/
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले देश र प्रदेश समृद्ध पार्नको लागि सरकारसँगै हरेक व्यक्तिको उत्तिकै योगदान र जिम्मेवारी रहेको बताएका छन्।
गृह जिल्ला बाराको परवानीपुर गाउँँपालिका–३ लिपनीस्थित निवासमा आयोजित चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। छठको अवसरमा आयोजित कार्यक्रममा परवानीपुर वरपरका करीब एक दर्जन गाउँँका विभिन्न राजनीतिक दलका अगुवा तथा सामाजिक व्यक्तिसँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गर्ने क्रममा उनले समाज विकासको लागि सबैको उत्तिकै महत्व रहेको जोड दिएका थिए।
‘समाज समृद्ध बनाउन सरकारले मात्र चाहेर हुँदैन राज्यको हरेक नागरिक अनुशासित, शिक्षित र जिम्मेवार बन्नुपर्छ,उनले भने–‘सभ्यता, संस्कार, संस्कृति र सामाजिक एकताबेगर समाज र राज्य विकसित हुन सक्दैन।’ उनले राजनीतिक लडाइँ आआफ्नो ठाउँमा भए पनि जहाँ आफ्नो गाउँँठाउँ, प्रदेश र राज्यको विकास र एजेन्डाको कृुरा आउँछ, त्यहाँ सबैले हातामालो गरी अघि बढे मात्र समाज विकासको बाटोमा लम्किने धारणा राखे।
समाज विकासको लागि जुन हिसाबले भौतिक विकास भइरहेको छ, त्यसैगरी हरेक व्यक्तिको सोच र धारणा परिवर्तन गर्न सकिएन भने समाज निकै पछि पर्ने चिन्ता व्यक्त गरे। “आज हरेक ठाउँमा चार लेन, छ लेन सडक बन्दैछ, हरेकको हातमा २० हजारको एन्ड्रोयड मोबाइल छ, तर सबैले त्यो मोबाइल चलाउन जान्दैन”–उनले आधुननिक युगबारे चर्चा गर्दै भने–“त्यसैले हरेक व्यक्तिले द्वन्द्व,कलह तथा राजनीतिक लडाइँलाई साइड लगाएर शिक्षित भई राज्यलाई योगदान दिनुपर्छ।’
देश शिक्षातर्फ लम्क्यो भने युवालाई रोजगार पाइन्छ, गरीबी निवारण हँुदै जान्छ, त्यसपछि राज्य विकास र समृद्धि तर्फ जान सक्छ।” तर एकले अर्कालाई सहयोग गरेन र खुट्टा मात्र तान्यो भने राज्यले केही पनि पाउँदैन उनको तात्पर्य थियो।
नेकपा नेता रामपाल यादवको स्वागत मन्तव्य तथा सन्तोष यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नं ४ का सङ्घीय सांसद एकबाल मियाँ, परवानीपुर गाउँँपालिकाका अध्यक्ष हरिनारायण साह, वीरगंज महानगरपालिका–२१ का वडा अध्यक्ष हबीब मियाँ, जितपुरसिमरा उपमहानगरपालिका–२० का वडा अध्यक्ष रसुल अन्सारी,नेपाल वार एशोसियशनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता रामचन्द्र सिंह,अधिवक्ता जितेन्द्रप्रसाद कुर्मी, बारा बहुअरीका सामाजिक अगुवा शिवशङ्कर पटेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here