गौर हत्याकाण्डका दोषीलाई कारबाई गर्न प्रभु साहको माग

0

प्रस, रौतहट, ३ मङ्सिर/
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डमा संलग्न दोषीलाई कारबाई माग गरेका छन्।
बौधीमाई नगरपालिका–४ इनरबारीमा आयोजित कार्यक्रममा बोल्दै साहले रौतहटको कलङ्क बनेको रामपुर बमकाण्ड र गौर हत्याकाण्डका दोषीविरुद्ध कारबाई हुनुपर्ने बताए। उनले राजपुर बमकाण्डका पीडितले न्याय पाउने अवस्था सिर्जना भएपनि गौर हत्याकाण्डका दोषीहरू खुलेआम घुमिरहेको भन्दै हत्याकाण्डका योजनाकार र हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौ बितेपनि कार्यान्वयन नहुँदा पीडितहरू न्यायको प्रतीक्षा गरिरहेको बताए।
उनले रौतहटको कलङ्क यी दुई घटनाका दोषीहरूलाई कारबाई भए मात्र कलङ्क घट्ने बताए।
साहले घटना सम्बन्धमा गठित छानबीन आयोगले दोषीहरूबारे स्पष्ट प्रमाण दिइसकेको अवस्थामा पनि कारबाई हुन नसक्नु दुःखद भएको बताए। उनले बीभत्स हत्याकाण्डका दोषीहरू कारबाई नहुन्जेल कानूनी राज्यको अनुभूति जनताले पाउन नसक्ने बताए। १४ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाउनु, दोषीहरू खुलेआम घुम्नु न्यायसङ्गत नभएको गुनासो गरे।
२०६३ चैत ७ गते रौतहट, गौरस्थित राइस मिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको बीभत्स हत्या भएको थियो।
सो हत्याकाण्डको प्रमुख योजनाकारको रूपमा तत्कालीन मधेसी जन अधिकार फोरमका अध्यक्ष एवं हाल जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतमाथि मुद्दा दायर छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here