प्रस, पर्सागढी, ३ मङ्सिर/
बारा जिल्लाको परसौनी गाउँपालिका–४ मा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ।
परसौनी गापा–४ खुटवामा आयोजित वडा अधिवेशनको जिल्ला इन्चार्ज सुरेश साहले उद्घाटन गरेका थिए।
कार्यक्रममा जिल्ला सह–इन्चार्ज ओमप्रकाश साह, सदस्य परमानन्द गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन राजु साहले गरेका थिए।
यसैबीच भेलाले मङ्गल साहको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ। कार्यक्रम भिखारी पण्डितको अध्यक्षतामा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here