छठपूजाको लागि कलशयात्रा

0

प्रस, पोखरिया, ३ मङ्सिर/
पोखरिया नगरपालिका–१ वनकटवामा छठपूजाको लागि आज नहाय–खायको दिन कलशयात्रा निकालिएको छ।
प्रत्येक वर्ष छठपूजाको आरम्भमा नहाय–खायका दिन वनकटवामा कलशयात्रा निकालिन्छ। २५१ जना कन्याले कलश बोकेर वडा नं. १, ४, ५ परिक्रमा गरी पुनः छठघाटमा पुगेर समापन गरेका थिए।
कलशयात्रामा नगरप्रमुख दीपनारायण रौनियार, संविधानसभा सदस्य प्रद्युम्न चौहान, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक सदानन्द कुर्मी, प्रहरी उपरीक्षक लालबाबू गिरी, शिक्षक पारस ठाकुर, युवा नेता सुजीत गिरीलगायतको सहभागिता थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here