सङ्क्रमित महिलाको मृत्यु

0

प्रस, वीरगंज, २ मङ्सिर/
वीरगंजमा कोरोना सङ्क्रमित एकजना महिलाको निधन भएको छ।
नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा भर्ना भएकी वीरगंज महानगर–१५ निवासी ६४ वर्षीया महिलाको हिजो सोमवार साँझ मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतवार नारायणी अस्पतालमा भर्ना गरिएको र जिन एक्सपर्ट विधिबाट स्वाब नमूना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखेपछि उनलाई नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा भर्ना गरिएको र हिजो साँझ उनको मृत्यु भएको प्रजिअ तामाङले बताए। योसँगै पर्सा जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरूको सङ्ख्या ५३ पुगेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here