प्रदेश सरकारले सार्वजनिक बस सेवा चलाउने

0

प्रस, परवानीपुर, २ मङ्सिर/
प्रदेश २ सरकारले जनताको आवागमन सहज बनाउन पूर्व–पश्चिम राजमार्गमा सरकारी बस दौडाउने योजना अघि सारेको छ। एक महीनाभित्र जनकपुर–वीरगंज र जनकपुर–राजविराज सरकारी बस चलाउन प्रदेश २ मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना अघि बढाएको छ।
आव २०७६–०७७ को बजेटमा प्रदेश सरकारले सरकारी बस चलाउने योजनाको लागि बजेट विनियोजन गरेको थियो। सोही अनुरूप टेण्डर गरी सिप्रदी प्रालिबाट यसै वर्ष पाँचवटा ५० सिटे बस खरीद गरी अस्थायी राजधानी जनकपुर ल्याइसकिएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी गराए।
भारतबाट चेचिस ल्याई भैरहवा नाकाबाट नेपाल भित्रेका बसहरूको बडी तथा रङ्गरोगन भैरहवामैं गरी बस जनकपुर ल्याइएको हो। बस अहिले ढल्केबर सिप्रदी प्रालिको गोदाममा राखिएको छ। चाँडै कार्यविधि बनाएर बस सञ्चालनमा आउने भौतिकमन्त्री सोनलले स्पष्ट पारे। “बस कसरी, कुन रूटमा सञ्चालन गर्ने, भाडा कति राख्ने, बस सञ्चालनका लागि चालक, सहचालक कसरी नियुक्त गर्नेलगायत सबै विषयमा कार्यविधि बन्दैछ”–उनले भने–“सबै प्रक्रिया पूरा भएपछि बस बस राजमार्गमा दौडिन्छ।”
पहेंलो रङ्गको बसमा प्रदेश परिवहन लेखिएको हुनेछ। यो बसमा यात्रा गर्दा निजीभन्दा कम भाडा तोक्ने प्रदेश सरकारको तयारी छ। प्रदेश २ को पर्सादेखि सप्तरीसम्मको आठ जिल्लाका जनताको आवागमनको लागि यस्तो योजना ल्याइएको मन्त्रालयको दाबी छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here