नेवा खलः ठोरीद्वारा शुभकामना

0

प्रस, ठोरी, २ मङ्सिर/
नेपाल संवत् ११४१ को अवसरमा ठोरी गाउँपालिकाको विजयबस्तीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो।
नेवा खलः ठोरीको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले नेपाल संवत्लाई कानूनी मान्यता दिनुपर्ने कुरामा जोड दिए। प्रमुख अतिथि ठोरी गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले संस्कृति बचाउन भाषा भनेर मात्र नहुने बताए। उनले नेपाल संवत्को पनि व्यावहारिक पालना नभएकोले समस्या भएको बताए। स्थानीय राजनीतिक कार्यकर्ता लालबहादुर श्रेष्ठले संस्कृतिको जगेर्ना गर्न जोड दिए।
नेवा खलः ठोरीका अध्यक्ष राम बहादुर श्रेष्ठले नेवारहरूको संस्कृति जगेर्ना गर्न सबै नेवार समुदाय लागिपर्नुपर्ने बताए। उनले नेवा खलःको जिम्मेवारी युवा पुस्तामा हस्तान्तरण गर्न तयार रहेको घोषणा गरे।
कार्यक्रममा ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, वडाध्यक्ष बद्रिबहादुर पाख्रीन, रेडियो विजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठ, नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, जसपाका केन्द्रीय सदस्यद्वय अन्जान शाक्य र रत्नविक्रम स्याङ्बो, नेपाल तामाङ घेदुङ ठोरीका अध्यक्ष धनबहादुर थिङ लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण गोपीलाल श्रेष्ठले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here