लागूऔषधसहित एकजना पक्राउ

0

प्रस, वीरगंज, २ मङ्सिर/
वीरगंज महानगरपालिका–२४ खल्वाटोलाबाट प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले मध्यरातको समयमा कात्तिक ३० गते बिस्कुटको कार्टुनमा लुकाएर भारतबाट नेपाल छिरेका वीरगंज महानगर–१३ श्रीपुर निवासी विनोद गुप्ताबाट विनसिरेक्स ३० बोतल बरामद भएको बताएको छ। पक्राउ परेका गुप्तालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर कारवाई भइरहेको जिप्रका पर्साले जानकारी गराएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here