प्रस, वीरगंज, २ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साले एकजनाको चोरी भएको मोटरसाइकल बरामद गरी धनीलाई हस्तान्तरण गरेको छ।
वीरगंज महानगरपालिका–२ छपकैया निवासी अलियास महमद हजामको ना १० प ६५८५ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल कात्तिक २७ गते घरबाटै चोरी भएको उजुरीको आधारमा प्रहरीले वीरगंज महानगरपालिका–२५ खल्वाटोलाबाट बेवारिसे अवस्थामा बरामद गरेको र सम्बन्धित मोटरसाइकल धनीलाई मङ्सिर १ गते सोमवार हस्तान्तरण गरेको जिप्रका पर्साले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here