अनधिकृत पार्किङ शुल्क उठाउने दुईजना पक्राउ

0

प्रस, वीरगंज, २८ कात्तिक/
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरमा अनधिकृतरूपमा कर सङ्कलन गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
जिप्रका पर्साले सत्या कन्स्ट्रक्शनका विशाल गुप्ता र गेनालाल साहलाई पक्राउ गरेको जनाएको छ ।
सत्या कन्स्ट्रक्शनले वीरगंज महानगरसँग सवारी पार्किङ शुल्क उठाउने ठेक्का लिएको छ तर ठेक्काविपरीत दीपावली, छठको अवसरमा सडक फूटपाथमा माटोका सामग्री बेच्ने कुम्हालेसँग ३ हजारदेखि ५ हजार रूपैयाँसम्म असुली गरेको प्रतीकमा समाचार प्रकाशित भएपछि प्रहरीले सोविरूद्ध कारबाई गर्दै दुईजनालाई नियन्त्रणमा लिएको हो ।
वीमनपाले सवारी पार्किड्ढो लागि ठेक्का दिएको तर ठेकेदारले अटेर गरेर जथाभावी कर सङ्कलन गरिरहेको भन्दै जिप्रकामा लिखित उजूरी गरेको महानगरका राजस्व शाखा प्रमुख रामदयाल यादवले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here