प्रस, वीरगंज, २८ कात्तिक/
बारा, जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा आयोजित बकुलिया भेट्रान्स फूटबल प्रतियोगिताको उपाधि हेटौंडा भेट्रान्सले जितेको छ ।
फाइनल खेलमा फत्तेपुर भेट्रान्सलाई हेटौंडा भेट्रान्सले १ का विरूद्ध ३ गोल गरी उपाधि जितेको हो । प्रतियोगितामा विजेता हेटौंडालाई नगद रू २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता फत्तेपुरलाई रू १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि बकुलिया क्याम्पसका अध्यक्ष तेजनारायण चौधरीले प्रदान गरेका थिए ।
सो अवसरमा उनले सरकारले खेल क्षेत्रमा ध्यान पु¥याउनुपर्ने बताए । कार्यक्रममा नेकपा, बाराका नेता मनोज पौडेलले स्थानीय सरकारको ध्यान खेल र खेलाडीको संरक्षणका साथै खेल क्षेत्रको पूर्वाधार निर्माणमा नगएको गुनासो गरे । उनले खेल क्ष्ँेत्र विकासको लागि सबैलाई एक भएर अगाडि बढ्न सुझाए । क्लबका अध्यक्ष कृष्ण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी भाषाका आशुकवि हृदयनारायण चौधरी, युवा समाजसेवी दीपेन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा बकुलिया निवासी राष्ट्रिय फूटबलका खेलाडी अजय चौधरीलाई नगद, प्रमाणपत्रले सम्मानित गरिएको थियो ।