राधेश्याम पटेल, वीरगंज, २७ कात्तिक/
बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिमा पुनः मजदूर हडताल शुरू भएको छ । वीरगंज–२१ लिपनबिर्ता (परवानीपुर)मा रहेको उद्योग परिसरमा विगत चार दिनदेखि मजदूर ट्रेड युनियनको नेतृत्वमा धर्ना प्रदर्शन हुँदै आएको छ।
उद्योग व्यवस्थापन पक्षले उद्योगका १२ जना स्थायी मजदूरलाई कामबाट गैरकानूनी किसिमले निकालेपछि उनीहरूको पुनर्बहालीको माग गर्दै करीब डेढ सय मजदूर उद्योगको उत्पादन ठप्प पारी आन्दोलनमा उत्रिनुपरेको नेपाली कांग्रेस निकट कारखाना श्रमिक सङ्घ एकाइ अध्यक्ष राजेश्वर महतो कोइरीले बताए।
उद्योगले विभिन्न आरोप लगाउँँदै स्थायी मजदूर सुनेश महतो तत्वा,रवीन्द्र दास, वीरेन्द्र महतो, अजीज मियाँँ, हसरूद्दीन देवान, कमोदकुमार यादव, लालबाबू महरा, सुनील साह, श्रीकान्त पटेल, सुशील पटेल, रामकिशोर पटेल, पप्पु साह कलवार गरी १२ जनालाई श्रम ऐनविपरीत गतिविधि गरेको र विभिन्न समयमा उद्योगमा बन्द–हडताल गरी उद्योगभित्र सामान पैठारी, निकासी गर्नसमेत रोक लगाएको तथा उद्योगका स्टाफहरूलाई मूलगेटमा अवरोधसमेत गरेको व्यवस्थापन पक्षले आरोप लगाएको छ ।
गत कात्तिक २२ गते मजदूरहरूले उद्योगमा बन्द–हडताल गरेको सूचनामा उल्लेख भए तापनि मजदूरहरूका अनुसार २२ कात्तिक शनिवार सार्वजनिक बिदाको दिन भएको र यस्तै धेरै भूmटा आरोप लगाएर मजदूरहरूको हकमा बोल्ने एक दर्जन मजदूरलाई कामबाट हटाएको मजदूर ट्रेड युनियन कारखाना श्रमिक सङ्ंघ एकाइ अध्यक्ष कोइरीले बताए ।
कारखाना प्रबन्धक प्रबोध खेरले भने उद्योगलाई बदनाम गर्न मजदूरहरूले बन्द–हडताल गरेको बताए । उनले निष्किासित मजदूरहरूको सम्बन्धमा कुनै सम्झौता नगर्ने बताए ।
उनले भने–‘उद्योगमा राजनीति गर्ने र विभिन्न खराब आचरण गर्ने मजदूरलाई निकालिएको छ,उनीहरू अदालती बाटोबाट आफ्नो हक–अधिकार खोजून्, उद्योग ठप्प पारी आन्दोलन गर्नुको कुनै अर्थ छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here