दुईवटा पसलमा चोरी

0

प्रस, बिरूवागुठी, २७ कात्तिक/
पर्सागढी नगरपालिका–३ बडनिहारमा गएराति दुईवटा पसलमा चोरी भएको छ । पर्सागढी सप्लायर्स पसलको ढोका फोरेर चोरहरूले नगद रू ७ हजार चोरेको पसल सञ्चालक बुद्धिराज पौडेलले बताए ।
यसैगरी गएराति बडनिहार बजारमा रहेको एउटा कस्मेटिक पसलमा चोरहरूले ५ हजार नगद चोरेको पसल सञ्चालक किशोर चौधरीले बताए ।
चोरहरूको खोजी भइरहेको प्रहरी चौकी बिरूवागुठीका इन्चार्ज नीलराज काफ्लेले बताए । बडनिहारमा चोरीको घटना बढ्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here