छठपछि विद्यालय सञ्चालन हुने

0

प्रस, सेढवा, २६ कात्तिक/
पर्साको ग्रामीण क्षेत्रमा विद्यालयहरू छठपछि मात्र सञ्चालन गर्ने तयारी भइरहेको छ।
केही विद्यालयहरू यसै महीनादेखि सञ्चालन गर्ने तयारी भइरहेको थियो तर राजधानीमा कोरोना सङ्क्रमण बढेपछि गापाको निर्देशनमा विद्यालय सञ्चालनमा आएन।
नेपाल शिक्षक महासङ्घ, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष्F मोहन दास थारूले गापामा रहेका सामुदायिक विद्यालय २० दिन अघि सञ्चालनमा ल्याउने तयारी भएको तर राजधानीमा सङ्क्रमण बढेपछि सञ्चालनमा नआएको बताए। उनले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई छठपछि दुई चरणमा पठनपाठन गर्नेगरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी गराए।
जीराभवानी गापा शिक्षा शाखाका संयोजक जितेन्द्र मिश्रले छठपछि दुई चरणमा विद्यालय सञ्चालन गर्ने तयारी भएको बताए। उनले गापा प्रतिनिधि, वडापालिका, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल, परामर्श गरिने बताए। उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बिहान १० बजेदेखि १ बजेसम्म र १ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालनको तयारी भएको बताए।
वीरगंज महानगरपालिकामा कक्षा ८ देखि १० सम्मको अध्यापन शुरू भएपछि ग्रामीण क्ष्Fेत्रमा पनि सोही अनुरूप तयारी भएको थियो तर काठमाडौंमा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि स्थानीय पालिकाले विद्यालय सञ्चालन गर्ने जोखिम उठाएनन्। अहिले वीरगंज महानगरबाहेक दुईवटा नगरपालिका र १० वटा गापामा विद्यालय सञ्चालनमा छैन। केही विद्यालयहरूले ट्युशन कक्षा सञ्चालन गरेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here