नेकपाले देशको मुहान फेर्ने –पूर्वमन्त्री पौडेल

0

प्रस, वीरगंज, २६ कात्तिक/
पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नेकपाले देशको मुहार फेर्ने बताएका छन्। नेकपा बारा विश्रामपुर गाउँपालिका कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले हाल नेकपामा केही समस्या देखिएको र त्यो समस्याको समाधान गर्नेतर्फ पार्टीका शीर्ष नेता अग्रसर रहेको बताए। उनले मुलुकमा समृद्धि ल्याउने काम नेकपाबाहेक अरूले गर्न नसक्ने र त्यसतर्फ पार्टी पङ्क्ति गम्भीर भएको बताए।
नेकपाका केन्द्रीय सदस्य गोपाल ठाकुरले मधेसवादी पार्टीले तराई–मधेसको विकास नगर्ने ठोकुवा गरे। उनले मधेसवादी दलले जनतालाई धोकामात्र दिंदै आएको आरोप लगाए। उनले मधेसवादी दलले शहीद परिवारलाई समेत धोकामा राखेको बताए। शहीदको सम्मानमा ठूलो धनराशि घोषणा गरिएको तर शहीद परिवार अहिलेसम्म बेहाल रहेको बताए।
गाउँ कमिटी अध्यक्ष धर्मदेव यादवको अध्यक्ष्Fतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल), सचिव सुन्दरबहादुर विश्वकर्मा, नेकपा बाराका नेताहरू देवनारायण चौधरी, मनोज पौडेल, उमेश कुशवाहा, अमर यादव, लालबहादुर पटेल, मुकेश साह, मोबिन आलमलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मनीर देवान र सञ्चालन लवकुश बैठाले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here