प्रस, पर्सागढी, २६ कात्तिक/
दीपावली र छठ नजीकिएसँगै गाउँघरमा रहेका विद्युत्को पोलमा बत्ती झुन्ड्याएर झिलिमिली पार्न शुरू भएको छ।
सार्वजनिक विद्युत् पोलमा झिलीमिली बत्ती झुन्ड्याउने काम भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणसँग सहकार्यविना ग्रामीण क्षेत्रमा यस्तो विद्युत् चुहावटको काम शुरू भएको छ। सम्बन्धित पालिका र वडापालिकाबाट युवाहरूले सहयोग लिएर पोल झिलीमिली पार्ने काम गरेका हुन्।
नेपाल विद्युत् सिमरा वितरण केन्द्रकी प्रमुख रोहिणी पौडेलले विद्युत् चुहावट गापा स्तरमा रोक्न नसकिने गरी फैलिएको बताइन्। उनले सम्बन्धित पालिकाले प्राधिकरणसँग सहकार्य गरेर पोलमा बिजुली बाल्ने गरेको र त्यसको भुक्तानी भइरहेको बताइन्। त्यसबाहेक अहिले विद्युत् चुहावट रोकथाम गर्न कठिन हुने बताइन्।
चाडपर्वको बेला अधिकृतरूपले भइरहेको चुहावट रोक्न सम्बन्धित पालिकाहरू सक्रिय हुनुपर्ने उनको सुझाव छ। विद्युत् कर्मचारीहरू रोकथाम गर्न जाँदा द्वन्द्व हुन सक्ने उनले बताइन्।