प्रस, रौतहट, २६ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटेको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जरनैल मियाँ कबारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लालबाबू बैठालाई पक्राउ गरेको छ।
कुटपिट अङ्गभङ्ग मुद्दामा वारदात पश्चात् फरार रहेका प्रतिवादी यमुनामाई गाउँपालिका–५ बस्ने लालबाबू बैठालाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
रौतहट जिल्ला अदालत समक्ष दाखिला गर्दा दुई लाख धरौटी माग भएकोमा तोकिएको धरौटी दाखिला गर्न नसकेको कारण मङ्गलवार कारागार चलान  गरिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here