दुर्घटनामा महिला घाइते

0

प्रस, बिरूवागुठी, २६ कात्तिक/
पर्सागढी नगरपालिका–३ बडनिहार नजीक हिजो बेलुकी ट्याक्टर र अटो जुध्दा एकजना महिला घाइते भएकी छन्।
बगवन्नाबाट धान लोड ट्याक्टर आइरहेको र ना.२ ख ४२७७ नं.को अटो विपरीत दिशाबाट गइरहेकोमा दुवै जुधेका थिए।     
अटोमा सवार पर्सागढी नगरपालिका–३ पकडिया निवासी १७ वर्षीया रामलीला चौधरी घाइते भएकी हुन्। उनको उपचार वीरगंज हेल्थकेयरमा भइरहेको छ। ट्याक्टर चालक बारा जिल्ला पन्टोका बेलाही–९ निवासी जोगिन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here