मौरीको टोकाइबाट आमाछोरी घाइते

0

प्रस, सर्लाही, २६ कात्तिक/
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका –३ भेल्हीमा मौरीले टोकेर आमाछोरी सिकिस्त भएका छन्।
बुधवार घाँस काट्न गएको बेला ३० वर्षीया पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिनालाई मौरीले टोकेको हो।
चौरमा घाँस काटिरहेको बेला अन्तैबाट आएको मौरीको बथान आमा छोरीमाथि खनिएको प्रहरीले जनाएको छ। कुनै रूखमा बसेको मौरीलाई चिल वा बाजले हानेर खसालेको हुन सक्ने प्रहरीको अनुमान छ। अचेत अवस्थामा फेला परेका आमाछोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको र उनीहरूको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here