भन्सार छलीका सामान भन्सार चलान

0

प्रस, रौतहट, २६ कात्तिक/
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी एकाइको गश्ती टोलीले भारतबाट भन्सार छली पैठारी गरी भिœयाएको दुई लाख पचास हजार पाँच सय पचास बराबरको सरसामान बरामद गरी भन्सार चलान गरेको छ। चलान गरिएका सामानमा रेडिमेड कपडा, डि.ए.पी., युरिया मल, लेडिज कुर्ता सुरुवाल, भाँडाकुँडा, कस्टमेटिक सामानहरू छन्।
मङ्गलवार बिहान ईशनाथ नगरपालिका–१ बन्जरहा नजीक भंसार छली पाडो भिœयाउँदै गरेको अवस्थामा प्रहरी गश्तीटोलीलाई देखी पाडो छाडी मानिसहरू फरार भएका थिए। एक लाख चालीस हजार बराबरको सातवटा पाडो बेवारिसे अवस्थामा फेला पारेको जनाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here