प्रस, पोखरिया, २६ कात्तिक/
बसको ठक्करबाट एकजना साइकल चालक गम्भीर घाइते भएका छन्।
बुधवार बिहान ना४ ख ८२६९ नम्बरको बनेपा डिलक्सले साइकल चालक पोखरिया नगरपालिका–५ निवासी १३ वर्षीय बालक कृष्ण यादवलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएपछि बालकलाई उपचारको लागि वीरगंजस्थित न्यूरो अस्पताल ल्याइएको छ। ठक्कर दिने बस इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको छ।