अहिले पनि कार्य योजना छैन

0

इक्काइसौं शताब्दीमा सबैभन्दा बढी जीउज्यानको क्ष्Fति गरेको कोरोनाविरुद्ध खोप तयार भएको दाबी भइरहेको बेला नेपालका सत्तासीनहरू ‘म्युजिकल चेयर’ खेल्न व्यस्त छन्। अमेरिका, बेलायत, चीन र रूसलगायत मुलुकका औषधि कम्पनीहरूले कोरोनाविरुद्ध खोप निर्माण गरिसकेको र त्यसको अन्तिम परीक्ष्Fण भइरहेको र केही औषधि प्रभावी देखिएको दाबी गरिएको छ। विगतमा पनि रोगहरूमाथि मानवको विजयले कोरोना पनि पराजित हुन्छ भन्ने मानसिकता सर्वत्र थियो नै। वैज्ञानिक आधारमा गरिएका परीक्षणहरू असफल हुने कुरा पनि भएन। तर औषधि बन्नु, त्यहाँसम्म नेपालजस्तो देशको पहुँच हुनु, त्यसका लागि पर्याप्त रकम हुनु भनेको गा–हो कुरा हो। औषधि निश्चय नै महँगो हुन्छ। अमेरिकी कम्पनीले बनाएको औषधि दिसम्बरको अन्तसम्म उपभोक्तासम्म पुग्छ। तर त्यो परिणाम एकैपटक विश्वभरिलाई पुग्ने हुँदैन। अरू कम्पनीका औषधिहरूको परीक्षण भइरहेको र कहिले उपभोगका लागि बजारमा आउँछ भन्न सकिने अवस्था छैन। त्यसैले पहिलो खेपमा बन्ने औषधि प्राप्तिका लागि सरकारले अहिलेदेखि नै कार्ययोजना बनाउनुपर्ने हो।
कोरोनाको शुरूआतमा सरकारले जसरी बन्दाबन्दी ग–यो, त्यसले देशको अर्थ व्यवस्थालाई चकनाचुर पारिदिएको छ। उत्पादनका प्रायः प्रक्रिया ठप्प भएका छन्। विकासको गतिले उँधो दिशा लिएको छ। कोरोना नहुँदा जति प्रतिबन्धहरू लगाइए, अहिले कोरोना समुदायमा फैलिसक्दा सरकार निस्तेज बनेको छ। त्यसैले कोरोनाको औषधि कुनै दाताले दया गरेर देला भनेर बस्नुभन्दा सरकार आफैंले नागरिकको ज्यान र स्वास्थ्यको विचार गरेर सक्दो छिटो देशमा औषधि ल्याएर थप ज्यान जाने सम्भावना टार्ने काम गर्नुपर्छ। तर यसै बेला सरकार विभिन्न आन्तरिक र बाह्य समस्यामा अल्झँदै जान लागेको छ। कुर्सीको लडाइँ अहिले चरममा पुगेको छ। एक ढिक्का भएको पार्टीमा फुटको बीजोरोपण भइसकेको छ। कुन दिन बीज एकताको पातलो तह फोडेर खुला वातावरणमा चियाउन थाल्छ भन्न सकिन्न। र यस्तो बेला आफ्नो स्वार्थ त्यागेर सरकार नागरिकको स्वास्थ्यको लागि कुनै उपक्रम गर्छ भन्ने कुरामा विश्वास गर्ने आधार पनि देखिएको छैन। हिजो कोरोना प्रवेशको बेला देखिएको मूढता औषधिको मामिलामा पनि नदेखिएला भन्न सकिन्न।
नेपालमा कोरोना समुदायस्तरमा फैलि नै सकेको छ। दिनहुँ चार अङ्कको हाराहारीमा सङ्क्रमितहरू थपिइरहेका छन्। दिनहुँ रोगबाट मृत्यु हुनेहरूको सङ्ख्या पनि अब दुई अङ्कमा पुग्न थालेको छ। आफ्नै देशको प्राचीनतम औषधि प्रणाली आयुर्वेदमा यस भाइरसविरोधी उपचार नहुने कुरै छैन, तर सरकार त लगानी गर्नै चाहन्न। सरकारको लगानी मानिसमा मात्र हुन्छ, जसले सरकारलाई, उसका आफन्तलाई, आसेपासेलाई सुरक्षा दिन सक्छ। आयुर्वेदमा लामो समयको अनुसन्धान अनुपस्थितिले यसको प्रभावकारी उपादेयताबाट मानव जाति वञ्चित छ। अनुमानकै आधारमा वैद्यहरूले औषधि वितरण गरिरहेका छन्। जुन त्वरित गतिमा एलोप्याथीको अनुसन्धान हुन्छ, अनुसन्धानका लागि सरकारहरूले लगानी गर्छन्, त्यसको एउटा सानो मात्र अंश आयुर्वेदीय औषधि अनुसन्धानमा हुने हो भने विभीषक रोगाणु–विषाणुले पनि मानवजातिको केही बिगार्न सक्दैन। तर एलोप्याथीको चकाचौंधबाट मनोबल गुमाएका वैद्य र सरकारको उदासीनताले औषधि अनुसन्धानमा बल पुग्न नसक्दा यो विद्या अरूको अनुगामीमात्र बन्न बाध्य हुन पुगेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here