पानीट्याङ्की सडक निर्माणमा अनियमितता

0

प्रस, वीरगंज, २५ कात्तिक/
वीरगंज महानगरपालिकाको लगानीमा पानीट्याङ्कीदेखि बाइपाससम्म निर्माण भइरहेको कालोपत्रे कार्य गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका छन्।
२०७५ असारमा सो सडकलाई कालोपत्रे गरिएको थियो। प्रत्येक वर्ष सो सडक कालोपत्रे भइरहे पनि कालोपत्रे गुणस्तरहीन हुने गरेको स्थानीयले आरोप लगाए। कालोपत्रे र मरम्मत कार्य मापदण्ड अनुसार नरहेको देखिन्छ। पिचमाथि पिच गर्दा टिकाउ नहुने प्राविधिकहरूको भनाइ छ। कालोपत्रे गर्नका लागि पुरानो पिच उखेलेर मापदण्ड अपनाइ काम गर्नुको साटो पिचमाथि पिच गर्दा सडक टिकाउ नहुने स्थानीयको भनाइ छ।
यस विषयमा महानगरका योजना शाखा प्रमुख इन्जिनीयर राकेश साहले सो सडक कालोपत्रे तथा मरम्मत नगरी ओभरल्यापको योजना रहेको तर शीर्षक मात्र मरम्मतको रहेको बताए। ठेक्का रकमको ३६ प्रतिशत घटीमा महाशक्ति कन्स्ट्रक्शनले ठेक्का सकार गरेको हो। ठेक्का सकार मूल्य रु २५ लाख रहेको जनाइएको छ। आफू पनि केही समय अगाडि आएकोले गत वर्ष सो सडकखण्डमा काम भए, नभएको जानकारी नभएको ई साहले बताए। उनले ४० एमएमको कालोपत्रेमाथि ओभरल्याप गर्ने योजना अनुसार काम भइरहेको र स्थानीयले लगाएको आरोप बुझ्न प्राविधिकहरूलाई पठाउने बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here