राधेश्याम पटेल, परवानीपुर, २३ कात्तिक/
वीरगंज, श्रीसिया सुक्खा बन्दरगाहमा डेढ महीनादेखि करीब ८ हजार मेट्रिक टन डिएपी मल अलपत्र परेको छ। आयात गर्ने क्रममा कोलकाता र विशाखापट्टनममा समुद्री आँधीको कारण उक्त मल भिजेको अवस्थामा नेपाल भित्रिएको थियो। ड्राइपोर्टमा डिएपी मल अनलोड भएपछि नेपाली आयातकर्ता साल्ट्र ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडलाई छटपटी शुरू भएको थियो। साल्ट्र ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई अहिले मल फिर्ता पठाउने कि बिक्रीको लागि गोदाममा भण्डारण गर्ने अलमल छ।
साल्ट्र ट्रेडिड्ढो ६ हजार ८ सय र कृषि सामग्री कम्पनीको १२ सय मेट्रिक टन मल भिजेर ड्राइपोर्ट भन्सारमा आएको हो। करीब ८ हजार टन भिजेको मल ड्राइपोर्ट भन्सारको गोदाममा थन्केकोले अन्य उद्योगी व्यवसायीलाई समान राख्न र लोड–अनलोड गर्न समस्या भइरहेको छ। वीरगंजका उद्योगी सुरेश रुँगटाले निजी क्षेत्रले मगाएको सामान ३ दिनपछि उठेन भने मनपरी जरिवाना र गोदामको भाडा लिने गरिन्छ। तर डेढ महीनादेखि संस्थानले भिजेको मल नउठाउँदा कुनै कारबाही नभएको उनले आरोप लगाए।
साल्ट ट्रेडिङ कम्पनी लिमिटेडका प्रमुख अमोज लामिछानेले उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले माथिल्लोस्तरमा मल निर्यातकर्ता कम्पनी स्वीस सिङ्गापुरसँग छलफल गरी निर्णय गरेपछि मल फिर्ता पठाउने कि भिœयाउने निक्र्योलमा पुग्ने बताए। कृषि सामग्री कम्पनी लिमिटेड वीरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक गोरख केसीले सामान पठाउँदा निर्यातकर्ताले सामानको सुरक्षाको जिम्मा लिने भएकोले मल फिर्ता पठाउने नेपाल सरकारले तयारी गरेको बताए।