प्रस, पोखरिया, २३ कात्तिक/

लकडाउनले पर्साको ग्रामीण क्षेत्रमा मर्निङ वाक गर्नेको सङ्ख्या ह्वात्त बढेको छ।

लकडाउन अघि पोखरिया नगरपालिकामा र आसपासका गाउँपालिकाहरूमा थोरै सङ्ख्यामा मानिसहरू बिहान पख घुम्थे। तर अहिले लकडाउनपछि सयौंको सङ्ख्यामा प्रातः भ्रमण गर्न थालेका छन्।

लकडाउनमा घरमा बसेर मोटाएको र यो क्रममा रक्तचाप, मधुमेहजस्ता रोगले पीडित भएकाहरू, साथै साना बालबालिकादेखि ठूला वृद्धवृद्धाहरूपनि घुम्न थालेका छन्।

पोखरिया नगरपालिकाको वनकटवा, वसन्तपुर, सतवरिया, पोखरिया बजार, गोविन्दपुर, शिवबर्वाका मानिसहरू प्रातः भ्रमणमा गर्दौलसम्म पुग्न थालेका छन्। यस अघि यी ठाउँमा २०–२५ जना पनि बिहान घुम्ने मानिस थिएनन्। अहिले बिहान ३ बजेदेखि ६–७ बजेसम्म सयौंको सङ्ख्यामा मानिसहरू घुम्न थालेका छन्। पोखरियाका साथै धोबिनी, कालिकामाई, छिपहरमाई, पकाहामैनपुर र पर्सागढी नगरपालिकामा पनि मर्निङ वाक गर्नेहरूको सङ्ख्या बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here