तलब माग्दै प्रशासकीय अधिकृतलाई ज्ञापन

0

प्रस, रौतहट, २३ कात्तिक/

तलब, भत्ता माग्दै राजदेवी नगरपालिकाका कर्मचारीले प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन्। साउन महीनादेखि तलब–भत्ता नदिएको भन्दै उनीहरूले ज्ञापन दिएका हुन्। कात्तिक २५ गतेसम्म तलब नदिए २६ गतेदेखि विरोध तथा धर्ना कार्यक्रम गर्ने ज्ञापनपत्रमार्फत उनीहरूले चेतावनी दिएका छन्।

दशैं बितेको र दिपावली र छठजस्तो तराईको मुख्य पर्व मुखमा भएको बेला पनि तलब–भत्ता नपाउँदा समस्या भएको उनीहरूले बताए। प्रशासकीय अधिकृत सुबोध साहले परिषद् नभएकोले तलब दिन अप्ठ््यारो भएको बताए। उनले आन्तरिक कोषबाट तलब उपलब्ध गराउने आश्वासन दिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here